इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ « Khabarhub

इयुसँग घनिष्ठ सम्बन्ध चाहेको चिनियाँ राष्ट्रपति सीको भनाइ


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताएका छन् । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डि क्रोसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 

बिहीबार डि क्रो चीन पुगे र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक भए। सोही दिन उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे । 

बेइजिङ र इयु प्रमुख व्यापार साझेदार हुन् तर इयुले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने संकेत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि इयुले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ । 

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन्न सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ । 

उनका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ६ : ५३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्