लागूऔषधसहित ८ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ८ जना पक्राउ


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका-१ सरणपाडा बस्ने २८ वर्षीय सन्देश पाठकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टादेखि काठमाडौं तर्फ आउँदै गरेको प्रदेश-१-००१ ख ३८४४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१० धुलावारी बस्ने ४६ वर्षीय मोहन राजवंशी र उनकै श्रीमती ३६ वर्षीया दिल कुमारी राजवंशी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१५ प ८८११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकी मुनीको भागमा लुकाई राखेको उक्त पदार्थ फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-१ कैलालीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका-८ बस्ने २९ वर्षीय हरिश चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका-१३ संगमटोल बस्ने २३ वर्षीय सागर परियारलाई अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६५ ग्राम, फेनरागन ६ एम्पुल, डाईजेपाम ५ एम्पुल, नुर्फिन ५ एम्पुल र नगद ६ हजार १ सय १५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६१ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय अशोक कार्कीलाई प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१४ कोलटाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित रूपन्देही तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय रवि सोम मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनौलीबाट काठमाडौं तर्फ जाँदै गरेको लु.२ ख ६५७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १२ : ०१ बजे

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता