फुङ्लिङका भूमिहीनलाई निस्सा वितरण « Khabarhub

फुङ्लिङका भूमिहीनलाई निस्सा वितरण


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ ।  भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले  निस्सा वितरण गरेको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताए।  फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी  र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो । 

फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका एक सय ७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गाधनी पुर्जा प्राप्त गर्न निवेदन दिएका थिए । समितिसमक्ष निवेदन दिएकामध्ये प्रमाणीकरण भएका एक सय १७ जना भूमिहीनलाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।

जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका  समितिले जनाएको छ । एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दाबीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ । 

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए। उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजारबाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : ५९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम