भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला « Khabarhub

भारतमा सन् २०१६ मा भएको सैन्य विमान दुर्घटनाको भग्नावशेष फेला


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले करिब आठ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष फेला पारेको जनाएको छ ।

रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका छ सदस्यलाई बोकेको थियो ।

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन ।

बङ्गालको खाडीमा समुद्री तलको सर्वेक्षण गर्ने गहिरो समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा एक सय ४० समुद्री माइल (तीन सय १० किलोमिटर) दक्षिणमा तीन हजार चार सय मिटर (११ हजार एक सय ५० फिट) गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “तस्बिरहरू एएन–३२ विमानसँग मिल्दोजुल्दो भेटिएको छ, सम्भावित दुर्घटनास्थलमा गरिएको खोजमा भग्नावशेषले सम्भवतः दुर्घटनाग्रस्त आईएएफ एएन–३२ लाई औँल्याएको छ ।” उक्त क्षेत्रमा कुनै पनि अन्य विमान हराएको सूचना प्राप्त भएको छैन ।

एएन–३२ विमान बिना इन्धन चार घण्टासम्म उडान भर्न सक्षम छ र यो भारतीय वायुसेनाको वर्कहर्स यातायात विमान हो । यद्यपि रुस निर्मित उपकरणहरूमा अधिक निर्भर रहने भारतीय वायुसेना खराब सुरक्षा रेकर्डका कारण चिन्तित छ ।

हराएको विमानको राडार डेटाबाट तीव्ररूपमा उचाइ गुमाउनुअघि तीव्ररूपमा बायाँतिर मोडिरहेको थाहा भएको भारतीय वायुसेनाको एक स्रोतले सन् २०१६ मा एएफपीलाई बताएको थियो ।भारतका रक्षा प्रमुख जनरल बिपिन रावतको सन् २०२१ मा १२ अन्य व्यक्तिसँगै मृत्यु भएको थियो । रुसमा निर्मित उहाँको एमआई–१७ हेलिकप्टर दक्षिणी राज्य तामिलनाडूमा दुर्घटनाग्रस्त भएको थियो । त्यसको अर्को वर्ष सोभियत कालको मिग–२१ लडाकू विमान राजस्थानमा प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो ।

गत वर्ष राजधानी नयाँदिल्लीको दक्षिणमा अभ्यासका क्रममा रुसमा निर्मित सुखोई एसयु–३० र फ्रान्समा निर्मित मिराज २००० आकाशमा ठोक्किँदा एक पाइलटको मृत्यु भएको थियो । भारतमा एएन–३२ सँग सम्बन्धित सबैभन्दा भयानक दुर्घटनामध्येको एक सन् १९९९ मा नयाँदिल्ली विमानस्थल नजिकै भएको दुर्घटनालाई मानिन्छ । उक्त दुर्घटनामा विमानमा सवार २० जनाको मृत्यु भएको थियो र तीन नागरिक जमिनमा जलेर मरेका थिए ।

वायुसेनाले विस्तारै आफ्ना केही पुराना विमानबाट छुटकारा पाइरहेको छ । तीमध्ये केही विमान सन् १९६० दशकका छन् । भारतले आफ्ना पुराना सैन्य विमानहरूलाई नयाँ रूप दिन गरेको ढिलाइले राष्ट्रिय सुरक्षामा खतरा भएको विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : २३ बजे

बजेट खर्चमा लुम्बिनी सरकार कमजोर, खर्च प्रगति ४० प्रतिशतभन्दा कम

सिद्धार्थनगर– चालु आर्थिक वर्ष समाप्त हुन दुई महिना मात्र बाँकी

बागमती सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व संकलन

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को दश

देशैभर स्क्रब टाइफसको जोखिम बढ्दो, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं– पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि

काठमाडौं – विद्यादेवी भण्डारी नेकपा एमालेको ब्यानरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका

कमजोरी स्विकार्दै जनतामाझ जान उपाध्यक्ष पौडेलको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना