आज २०८० साल माघ २९ गते सोमबारको राशिफल « Khabarhub

आज २०८० साल माघ २९ गते सोमबारको राशिफल


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २९ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी १२ तारिख। कुम्भका चन्द्रमा। देवघाटमा मकर स्नान समाप्ति आजै परेको छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। परिवारबाट सहयोग मिल्नेछ। शिक्षा सफलता, स्वास्थ्यमा लाभ र सामाजिक क्षेत्रमा नाम रहनेछ। विदेशमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।

वृष : समय राम्रो छ। बौद्धिक मित्रसँगको भेटले ज्ञान प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्वदेशमा देखिएको सम्भावनालाई अगाडि बढाएमा रोजगारी मिल्नेछ।

मिथुन : परिवारबाट सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा स्वास्थ्यमा समस्या हुनसक्छ। धार्मिक क्षेत्रका अगुवासँगको भेटले दिन रमाइलो बन्नेछ। विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवाले हरेक काममा साथ दिने देखिन्छ।

कर्कट : समय सामान्य छ। हरेक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ऋणको भार थपिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्धमा खटपट हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

सिंह : दिन राम्रो छ। आफन्तले सहयोग गर्नेछन्। शिक्षा क्षेत्रमा गरेको लगानीले नाम र दाम दुवै उपलब्ध हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। साथीको सहयोगमा सोचेको काम बन्नेछ।

कन्या : परिवारबाट सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयासले राम्रो नतिजा दिनेछ।

तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अचानक पुरानो रोगले सताउने जोखिम छ। आफन्त र परिवारले साथ दिनेछन्। वैदेशिक क्षेत्रमा लगानी भए राम्रो लाभ हुनेछ।

वृश्चिक : समय सामान्य छ। आफ्नाबाट अपमानित भएको सुन्नुपर्ने हुनसक्छ। शिक्षाबाट फाइदा हुनेछ। स्वास्थ्य अवस्थामा कुनै जोखिम छैन। सामाजिक क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गर्ने उपयुक्त समय होइन।

धनु : दिन सामान्य राम्रो छ। आँखा र मस्तिष्क सम्बन्धी समस्या देखिन सक्छ। बिहान सूर्यलाई जल चढाएमा समस्या कम हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। विदेशमा हुनुहुन्छ भने लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मकर : समय सामान्य छ। आफ्नै कारण हरेक ठाउँमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। बन्धुबाट सकारात्मक सुझाव प्राप्त हुनसक्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ।

कुम्भ : शनिदेवलाई खुसी पार्नुपर्ने देखिन्छ। हुनमानको पूजा गर्नु फाइदाजनक हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन राम्रो छ। परिवार र साथीभाइको सहयोग मिल्नेछ। समाजमा प्रशंसा हुनेछ। लगानी गरेको भए शिक्षामा फाइदा हुनेछ। धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ०८ बजे

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने