शिक्षा र सार्वजनिक लेखा समितिको बैठक बस्दै « Khabarhub

शिक्षा र सार्वजनिक लेखा समितिको बैठक बस्दै


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछन् । जसमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

आजको बैठकमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ  ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा समाज कल्याण परिषदमा आबद्ध भएका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरेका खर्च, सोको उपलब्धि र सुधारका पक्षहरूका विषयमा छलफलको कार्यक्रम छ ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : २९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी