अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि | Khabarhub Khabarhub

अफ्रिकन कप अफ नेसन्स : आइभरी कोष्टलाई उपाधि


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले हराउँदै आइभरी कोष्ट च्याम्पियन बनेको हो ।

आइभरी कोष्टको जितमा फ्रयाङ्क केस्सीएसेबासटीएन हल्लेरले एक–एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।

खेलको पहिलो हाफमा १–० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै उपाधि जितेको हो ।

आइभरी कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।

यो सँगै आइभरी कोष्टले तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ । यस अघि आइभरी कोष्टले सन् १९९२ र २०१५ मा  अफ्रिकन कप जितेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ३८ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई