व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा « Khabarhub

व्यवसायी चौधरीलाई रिहाको आदेश दिने न्यायाधीश आचार्यको मुगु सरुवा


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके रिहा गर्न आदेश दिएपछि न्यायाधीश आचार्य विवादित बनेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई हिजो नै मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

आचार्यले आदेशमा हजारौँलाई रोजगारी दिएको र अभिभावक रहेको भन्ने शब्द समेत प्रयोग गरेका थिए ।

दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने भन्ने न्यायाधीश आचार्यको आदेशलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत न्यायिक इतिहासकै पहिलो अनौठो आदेश भन्दै प्रतिक्रिया दिएका थिए ।

न्यायाधीश आचार्य न्याय सेवामा धेरै लामो अनुभव सँगालेका न्यायाधीश होइनन् । पर्वत जिल्लामा ०३८ सालमा जन्मेका उनी शाखा अधिकृतका रुपमा ०६७ सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।

आचार्य ०७३ सालमा उपसचिव बने । ०७७ सालमा खुल्ला प्रतिस्पर्धाबाट उनी न्यायाधीश नियुक्त भए ।

काठमाडौं जिल्ला अदालतमा आउनुअघिसम्म उनी जाजरकोटमा जिल्ला न्यायाधीश थिए । न्यायाधीशका रुमिा उनको अनुभव करिब ३ वर्ष मात्र रहेको छ ।

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १२ : ३९ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले