एमाले रौतहट अधिवेशन, मतदान जारी « Khabarhub

एमाले रौतहट अधिवेशन, मतदान जारी


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो।

जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उम्मेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा, रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहेका छन्।

त्यसैगरी  जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उम्मेदवार रहेका छन्। यस अघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिना लगायत सदस्यहरू सर्वसहमतिमा चुनिएका छन्।

अहिले भइरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालबिक्रम कार्कीले बताएका छन्। आजै बेलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ।  गत २५ गते नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : ४८ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल