क्रिकेट

क्यानाडाविरुद्ध अनिल साहको शतक

By खबरहब

February 12, 2024

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालका ओपनर अनिल साहले शतक प्रहार गरेका छन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अनिलले ११६ बलमा शतक पूरा गरेका हुन् ।

खेलको ४० ओभर ३ बलमा चौका प्रहार गर्दै अनिनले शतक पूरा गरेका हुन् ।

नेपालले अहिले क्यानाडाले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।