नेता र कलाकारको फुटबलमा ३-३ गोलको बराबरी « Khabarhub

नेता र कलाकारको फुटबलमा ३-३ गोलको बराबरी


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको केपी ओली कप तयारीस्वरुप राजनीतिक दलका नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल भएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा राजनीतिज्ञ र कलाकारबीच ३–३ गोलको बराबरी भएको थियो । खेलमा राजनीतिज्ञ टिममा एमालेका नेता, माओवादीका रञ्जीत तामाङलगायत सहभागी थिए भने कलाकारतर्फ धिरेन शाक्य, कृष्ण मल्ल, रविन्द्र खड्कालगायत सहभागी थिए । एमाले अध्यक्ष केपी ओलीले भने बाहिरैबाट खेल अवलोकन गरेका थिए ।

राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा दोस्रो संस्करणको केपी ओली कप हुँदैछ । प्रतियोगितामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् ।

त्यस्तै भारतको दिल्ली फुटबल क्लब र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टोलीलाई ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले