कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुर र बाराबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका ९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुपप्र ०१-००८ प २६०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका १ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजापाम ५६ ट्याब्लेट, फेनारगन ५३ ट्याब्लेट, नोरफिन ५३ ट्याब्लेट, ट्रामानिल ६ सय ५० ट्याब्लेट, सिरिन्ज ५ थानसहित निजगढ नगरपालिका ६ योजना टोल बस्ने २९ वर्षीय हेम बहादुर थापासमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले ना५६ प ८७७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ४१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार