गाउँले सिंहदरबारमा जात्रा : अध्यक्ष भन्छन् – भोलि बिदा, उपाध्यक्ष भन्छिन् – छैन ! « Khabarhub

गाउँले सिंहदरबारमा जात्रा : अध्यक्ष भन्छन् – भोलि बिदा, उपाध्यक्ष भन्छिन् – छैन !


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसमा फागुन १ गते बिदा हुने कि नहुने भन्नेमा अन्यौल भएको छ ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना निकालेका छन् । उता उपाध्यक्ष उपाध्यक्ष शर्मिला बिसुरालले भने फागुन १ गते बिदा दिनेबारे कुनै निर्णय नभएको जनाएकी छिन् ।

अध्यक्ष श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिाम गाउँपालिकाको निर्णयअनुसार पालिका अन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा बिदा दिइने उल्लेख गरिएको छ ।

उता, उपाध्यक्ष बिसुरालले भने अर्को विज्ञप्ति निकालेर फागुन १ गते बिदा दिनेबारे गाउँपालिका बैठकमा कुनै छलफल वा निर्णय नै नभएको बताएकी छिन् ।

त्यस्तै, गृह मन्त्रालयले पनि सूचना निकालेर बिदा नहुने स्पष्ट पारिसकेको र सर्वोच्च अदालतले पनि जनयुद्ध दिवसमा बिदा नहुने फैसला गरेकाले पालिकामा कुनै बिदा नभएको स्पष्ट पारेकी छिन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ६ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको