जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

खजुरा– इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।

शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालि-५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए।

बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए। 

कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। 

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ। पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिए।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : ०९ बजे

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत