विजयपुरमा मेयर प्रत्यासीले बुझाए १० बुँदे ज्ञापन पत्र | Khabarhub Khabarhub

विजयपुरमा मेयर प्रत्यासीले बुझाए १० बुँदे ज्ञापन पत्र


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

रौतहट– स्थानीय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्।

मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमबार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएको छ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सीमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधय भएर कष्टकर वैदेशिक रोजगारबाट जीवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरू आफू खुशी भागबन्डा गरि चाटने कार्यले नगरको विकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

जनताको पिरमर्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आम्दानीमा कर लिने तर उत्पादन नोक्सान हुँदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनविरोधी कार्य खुलेआम भइरहेको छ । यो नगरपालिकाले समेत जन्मदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएको छ ।

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका आधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी विजय यादवले भने।

उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ०० बजे

आठौं आरबिबि–एनभिए भलिबल चैतमा हुने

काठमाडाैं – आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसीप, २०८०

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको

राष्ट्रपति पौडेल र अमेरिकी इन्डो–प्यासिफिक कमान्डरबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत

अध्यक्ष ओलीद्वारा गायक आचार्यको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्छौं :उपप्रधानमन्त्री खड्का

कर्णाली– नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा