करिब दुई करोड रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

करिब दुई करोड रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा प्रहरीले भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको सेतो रङ्गको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल एक करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिए ।

पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ५४ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय