करिब दुई करोड रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ « Khabarhub

करिब दुई करोड रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा प्रहरीले भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको सेतो रङ्गको बीआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल एक करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामद भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विपिन रेग्मीले ट्राफिक प्रहरीले नियमित चेकजाँच गर्नेक्रममा शङ्का लागेर पछाडिको डीक्कीमा राखिएको अवस्थामा बरामद गरेको जानकारी दिए ।

पक्राउ परेका साफीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ८ : ५४ बजे

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा