वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन | Khabarhub Khabarhub

वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाका सबै वडामा स्वास्थ्य प्रयोगशाला निर्माण थालिएको छ । सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो ।

चालू आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सुरु भएका प्रयोगशाला भवनको पूर्वमन्त्री एवं पर्सा क्षेत्र नं। १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आज संयुक्त रुपमा शिलान्यास गरे ।

त्यस अवसरमा सांसद यादवले महानगरका ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेकामा खुसी व्यक्त गरे ।

महानगर प्रमुख सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । महानगरका ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफू लागि रहेको भन्दै उनले त्यसमा सबैको सहयोग आवश्यक भएको बताए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : ४४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि