श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ? « Khabarhub

श्रीमान् र श्रीमती बीचको विवाद हटाउन के गर्ने ?


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमान् र श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु राम्रो हैन ।

यस्तो स्थिति हुनुमा घरको वास्तु समस्या, कुण्डलीमा ग्रह दोष, आदी कारण हुनसक्छ ।

यस्तोमा यी दोष नास गर्न केही सामान्य उपाय गरे दाम्पत्य जीवन सुखमय बनाउन सकिने मान्यता छ ।

दाम्पत्य जीवन सुखमय बनाउने उपाय
– हरेक शुक्रवार माता लक्ष्मीको उपासनासँगै भगवान् विष्णुको समेत पूजा गरेमा श्रीमान् र श्रीमतीबीचको विवाद क्रमशः कम हुने विश्वास छ ।
– भगवान् विष्णुको पूजा अर्चना गरी रस भएको मिठाई अर्पित गरी दुवैले यो प्रसाद खाएमा सम्बन्धमा मधुरता आउने छ ।
– घरमा वास्तु दोषका कारण पैदा भएका नकारात्मक ऊर्जा झगडाको कारण बन्न सक्छ । यस्तोमा घरको भुईँ पुछदा पानीमा थोरै नुन मिलाएर पुछेमा घरमा शान्ति आउने छ ।
– हरेक दिन बिहान र बेलुका पूरै घरमा कपूर बालेर घुमाएमा यसले पनि वास्तु दोष नास गर्ने र घरमा सकारात्मक ऊर्जा आउने बताइन्छ ।
– बेसारको बोटको ७ गाँठोलाई पहेँलो धागोले बाँधेर, बाँधिएका गाँठाहरू दायाँ हातमा लिएर ‘ॐ नमो भगवते वासुदेवाय नमः’ मन्त्रको ७ पटक जप गरे श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा सुधार आउने छ ।
स्रोत : जी न्यूज

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : २० बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र