मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा ! « Khabarhub

मोबाइलको ब्लूतुथ अन नै राख्दा हुन सक्छ यस्तो खतरा !


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । ब्लुटुथले स्पिकरहरू, हेडफोनहरू, फिटनेस ट्रयाकरहरु, किबोर्डहरू र स्मार्ट गृह उपकरणहरू जस्ता ताररहित यन्त्रहरूमा जडान गर्न मद्दत गर्न सक्छ ।

ब्लुटुथले फोटो, संगीत र भिडियोहरू सहित विभिन्न प्रकारका फाइलहरू ब्लूतुथको माध्यमबाट सहजै सार्ने गरिन्छ । यसले अन्य फोन एवम् विद्युतीय सामग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ । त्यस्तै मोबाइल उपकरणलाई वाइफाई हटस्पटमा बदल्न पनि मद्दत गर्न सक्छ ।

ब्लुटुथ एक वायरलेस प्रविधि हो जसले छोटो दूरीमा यन्त्रहरू बीच डाटा आदान प्रदान गर्दछ । ब्लूतुथ एक पटक अन गरेपछि बन्द गर्न बिर्सिने हामी धेरैको बानी हुन सक्छ । यसरी सधैँ ब्लुटुथ अन राख्दा हुने जोखिमहरू यस्ता छन्–

ब्लूबगिङ्
ब्लूबगिङ् भनेको एक प्रकारको ह्याकिङ सिस्टम हो । जसमा ह्याकरले पीडितको मोबाइलको एक्सेस लिएर मेलवेयर इन्स्टल गर्छन् । ब्लूतुथबाट मोबाइलको एक्सेसमा पुगेपछि ह्याकरले सजिलै फोन अनलक गर्न सक्छन् र मोबाइलमा रहेका गोप्य डाटाहरू, बैंक खातासम्म उनीहरू पहुँच पुर्‍याउन सक्छन् ।

एक पटक ह्याकरले फोनमा पहुँच पुर्‍याएर मेलवेयर इन्जेक्ट गर्छन् र मेलवेयरको सहायताबाट फोनको सम्पूर्ण अनुमति पाइ फोनमा भएको गोप्य फाइलहरू पनि हेर्न सक्छन् साथै कल रेकर्डसमेत फेला पार्न सक्छन् ।

ब्लूबगिङ् रोक्नका लागि सार्वजनिक स्थानमा ब्लूतुथ सधैँ बन्द गर्नुपर्छ यसका साथै कुनै पनि अज्ञात उपकरणबाट जोडिन अनुरोध आएको छ भने कनेक्ट गर्नु हुँदैन ।

ब्लुस्नार्फिङ
ब्लुस्नार्फिङ एउटा खराब साइबर आक्रमण हो । जसले ब्लुटुथ प्रयोग गरेर ह्याकरले फोटो, म्यासेज, इमेल, र थपमा पहुँच प्राप्त गर्न सक्छ । एक पटक उनीहरूले यो जानकारी प्राप्त गरेपछि, पहिचान चोरी जस्ता आपराधिक गतिविधिहरूको लागि पनि प्रयोग गर्न सक्छन् ।

ब्लुज्याकिङ
ब्लुटुथ उपकरणमा अनावश्यक स्प्यामफिसिङ सन्देशहरू पठाउनु ब्लुज्याकिङ भनिन्छ ।  यी सन्देशहरूमा मालवेयर समावेश हुन सक्ने मालिसियस लिंकहरूएट्याचमेन्टहरू पनि हुन सक्छन् ।

ब्लुस्म्याकिंग
ब्लुस्म्याकिंग भनेको सेवालाई अस्वीकार गर्ने (डीओएस) आक्रमण हो जुन मोबाइलको यन्त्रलाई दबाउन र जबरजस्ती बन्द गर्न डिजाइन गरिएको हुन्छ । साइबर अपराधीहरूले डाटाको ठूलो प्याकेटहरू पठाएर आक्रमण गर्छन् । ह्याकरहरूले तपाईँको उपकरण बन्द भएपछि थप गम्भीर आक्रमणहरूको लागि गेटवेको रूपमा ब्लुस्म्याकिंग प्रयोग गर्नेछन् ।

स्रोत : विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : १२ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति