किन मान्छे धेरै कुरा बिर्सन्छन् ? | Khabarhub Khabarhub

किन मान्छे धेरै कुरा बिर्सन्छन् ?

डिमेन्सियाको रोकथाम र उपचार


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डिमेन्सिया दिमागको भौतिक संरचनामा क्षति पुगेर सोच्ने शक्तिमा विस्तारै कमी आउने एउटा रोग हो। यसलाई सामान्य भाषामा बिर्सिने रोग भनिन्छ। तर, बिर्सने बानी भएमा मात्रै डिमेन्सिया भएको मानिँदैन। समयक्रमसँगै बितेका घटना बिर्सदै जाने तथा सामान्य कुरा पनि सम्झनका लागि समय लाग्नेजस्ता समस्या देखापर्न थाल्यो भने डिमेन्सिया भएको मानिने चिकित्सक बताउँछन्। मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डा. सुरज तिवारीका अनुसार प्राय उमेर बढ्दै जाँदा डिमेन्सियाको समस्यासमेत बढ्दै जाने हुन्छ। ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ। ९० देखि ९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ। ९० देखि ९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

के कारणले हुन्छ डिमेन्सिया ?
डिमेन्सिया हुने विभिन्न कारण र प्रकार छन्। जो लागिसकेपछि निको हुन कठिन हुन्छ। जस्तै भास्कुलर डिमेन्सिया। यो अल्जाइमरका कारण हुने डिमेन्सिया हो। यसले नसाको काम नियन्त्रण गर्ने रसायनमा गडबडी ल्याउछ। यसले दिमागको नसा कमजोर बनाउँछ। यो समस्या ५० देखि ७० प्रतिशत मानिसमा हुनेगर्छ। भास्कुलर डिमेन्सिया करिब २० प्रतिशतमा देखिन्छ। यसका कारण मस्तिष्कको नसामा रक्तसञ्चार गडबडी हुन्छ। जसले गर्दा नसा मर्ने गर्छन्। त्यस्तै, टाउकोमा चोट लागेर हुने डिमेन्सिया र पार्किन्सन पनि यसका प्रकार हुन्।

सामान्यतया, मस्तिष्कले काम गर्न कोषबिच एक-अर्कासँग सम्पर्क हुनु जरुरी छ। कतिपय अवस्थामा विभिन्न कारणले दिमागमा कोषले काम गर्न सक्दैनन्। फलस्वरुप सोच, व्यवहार र भावना प्रभावित हुन्छन्।

त्यस्तै डिप्रेसनलाई पनि डिमेन्सियाको प्रमुख कारक मानिन्छ। डिप्रेसनले मस्तिष्कमा प्रत्यक्ष असर गर्ने भएकाले विस्तारै कोषिकामा क्षति गर्दै जान्छ । जसले गर्दा दिमागले राम्रोसँग काम गर्न सक्दैन। विभिन्न रोगका लागि खाइने औषधिको साइड इफेक्टबाट समेत डिमेन्सिया हुने जोखिम हुन्छ । अत्याधिक रक्सीसेवन, तनाव, थाइराइडको समस्या तथा शरीरमा भिटामिनको कमी हुँदा पनि डिमेन्सिया हुनसक्छ।

त्यस्तै कुनै डिमेन्सिया भिटामिनको कमीका कारण पनि भएको हुन्छ। त्यस्तो डिमेन्सिया समयमै पत्ता लाग्यो भने पूर्णरुपमा निको पार्न सकिन्छ।

आम मानिसमा बिर्सिरहने बानी हुन्छ। कहिलेकाही बिर्सनु डिमेन्सियाको लक्षण होइन। यसको एउटा सुरुवाती लक्षण एमेजिया हो। यसमा स्मरण शक्तिमा ह्रास आउछ। तत्कालको कुरा व्यक्तिले बिर्सिने हुन्छ।

डिमेन्सियाका लक्षण कस्ता हुन्छन् ?
आम मानिसमा बिर्सिरहने बानी हुन्छ। कहिलेकाही बिर्सनु डिमेन्सियाको लक्षण होइन। यसको एउटा सुरुवाती लक्षण एमेजिया हो। यसमा स्मरण शक्तिमा ह्रास आउछ। तत्कालको कुरा व्यक्तिले बिर्सिने हुन्छ।

एमेजिया : जीवन अगाडि बढाउनलाई बिर्सिने भयो भने त्यसलाई एमेजिया भनिन्छ।
एफेजिया : राम्रोसँग बोल्ने व्यक्तिको विस्तारै शब्द हराउँदै वा टुट्दै जान्छ। जसले गर्दा व्यक्तिले लामो वाक्य बोल्नै नसक्ने हुन्छ। अन्तिममा गएर बोली नै बन्द हुनुलाई एफेजिया भनिन्छ।
एप्रेसिया : सामान्य व्यक्तिले केही कुरा छामेर सजिलै थाहा पाउनसक्छ। जस्तै गिलास छाम्दा नै त्यसको माने निकाल्न सकिन्छ। डिमेन्सिया भएको व्यक्तिले छोएर यो गिलास हो भनेर थाहा पाउन सक्दैन। त्यो फेजलाई एप्रेसिया भनिन्छ।
एग्नोसिया : कुनै पनि व्यक्तिले सोधेको सही उत्तर दिन नसक्नु, आफूले प्रयोग गर्ने गरेको सामान्य कुरा जस्तै कलम, चस्मा, मोबाइल के हो भनेर भन्न नसक्ने, कुनै पनि कामको हेक्का नराख्ने अवस्थालाई एग्नोसिया भनिन्छ।
अल्टर एजिक्यूटिभ फङ्सन : यो भनेको अन्तिम अवस्था हो। जसमा व्यक्तिले आफूले गर्नु पर्ने कुराको योजना व्यवस्थापन गर्न नसक्ने हुन्छन्। जस्तै सामान्य भाषामा भन्नु पर्दा हेर्दा सामान्य लाग्ने कुरा पनि गर्न नसक्ने हुन्छन्। दैनिक जीवनका काम गर्नुपर्नेबारे सम्झिने शक्ति कमजोर हुँदै जान्छ। यस्ता लक्षण बढ्दै गए भने डिप्रेशनसम्ममा पनि जानसक्ने अवस्था आउनसक्छ।

नेपालमा डिमेन्सियाको अवस्था
तथ्याङ्ककै कुरा गर्ने हो भने नेपालमा अहिलेसम्म पनि अल्जाइमरका कति बिरामी छन् भनेर आधिकारिक तथ्याङ्क छैन। यो विषयमा गम्भीर अनुसन्धान भएकै छैन। तर अल्जाइमर डिजिज इन्टरनेशनल र विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन सेकेन्डमा विश्वभर एक जना व्यक्तिमा यो रोग देखा पर्नेगर्छ।

नेपालमा यो रोगबारे तथ्याङ्क नभएता पनि जनसंख्याको आधारमा कम्तिमा पनि एक लाख ३५ हजार जना डिमेन्सियाका बिरामी रहेको अनुमान गरिएको छ।

नेपालमा यो रोगबारे तथ्याङ्क नभएता पनि जनसंख्याको आधारमा कम्तिमा पनि एक लाख ३५ हजार जना डिमेन्सियाका बिरामी रहेको अनुमान गरिएको छ।

नेपालमा यो रोगबारे पर्याप्त मात्रामा सचेतना छैन। तर मानिस विस्तारै–विस्तारै सचेत हुँदै गइरहेका छन्। पहिलाको तुलनामा यो रोगको उपचार गर्ने चिकित्सकको संख्या पनि बढ्दै गइरहेको छ। यति मात्र नभएर अस्पताल पुगेर उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ।

मानसिक अस्पताल पाटनमा अहिले दैनिक चारदेखि पाँच जना डिमेन्सियाका बिरामी आउने गरेका छन्। तर यो बढ्दो उमेरसँगै देखिने रोग भएकाले यो बुढेसकालको रोग हो। उपचार गरे पनि निको हुँदैन भन्ने धेरैको मानसिकता छ। जसका कारण बिरामीले स्याहार पाइरहेको अवस्था छैन। धेरैलाई बिर्सिने पनि रोग हुन्छ भन्ने थाहा नै नभएका कारण कतिपय बिरामी असामान्य क्रियाकलापका कारण कुटपिटको सिकार हुने गरेको पाइएको छ।

डिमेन्सियाको रोकथाम र उपचार
डिमेन्सिया कुन तहमा पुगेको छ भन्ने यकिन भएपछि उपचार हुन्छ। शारीरिक परीक्षण, अगाडि गरिएका मेडिकल जाँच, ल्याब परीक्षण, सोचाइ र व्यवहारमा आइरहेको परिवर्तनका आधारमा चिकित्सकले डिमेन्सिया भए नभएको यकिन गर्छन्। हरेक डिमेन्सियामा एकै खालका लक्षण देखिने भएकाले यसको उपचारमा पनि समस्या देखिन्छ।

तनाव, थाइराइड, टाउकोमा पानी जमेर तथा भिटामिनको कमीका कारण हुने डिमेन्सियाको मात्रै उपचार गरेर निको पार्न सकिन्छ। अन्य डिमेन्सिया पूर्ण रुपमा निको हुँदैन।

तनाव, थाइराइड, टाउकोमा पानी जमेर तथा भिटामिनको कमीका कारण हुने डिमेन्सियाको मात्रै उपचार गरेर निको पार्न सकिन्छ। अन्य डिमेन्सियालाई औषधिको सेवन गरेर नियन्त्रण गर्न सकिन्छ, तर पूर्ण रुपमा निको हुँदैन। तसर्थ, डिमेन्सियाबाट बच्न दिमागलाई सक्रिय राख्ने, खानपान र जीवनशैलीमा ध्यान दिने गर्नुपर्छ। लागूपदार्थ सेवन गर्नु हुँदैन।

बुढाबुढीमा बिर्सने समस्या देखापरेमा उनीहरुको राम्ररी हेरचाह गर्नुपर्छ। उनीहरुलाई एक्लै नछाड्ने, पुराना कुरा स्मरण गर्न लगाउने तथा सकेसम्म बच्चासँग खेल्न दिनेजस्ता क्रियाकलाप गराउन सकिन्छ। यस्ता व्यवहारले डिमेन्सिया नियन्त्रण गर्न सकिन्छ।
(वरिष्ठ मनोचिकित्सक सुरज तिवारीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : २२ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई