सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला « Khabarhub

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् ।

अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताइन् । उद्योग सातजना महिलाले सञ्चालन गरेको उनको भनाइ छ ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको अध्यक्ष घर्तीमगरले बताइन् । ताराखोला गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम सुरु गरिएको भन्दै उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको उनको भनाइ छ ।

ताराखोला गाउँपालिकाकी उद्यम विकास सहजकर्ता निरु घर्तीले महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाइराखेको बताइन् । प्रचारप्रसारका लागि समय–समयमा मेला महोत्सवमा लगेर प्रद्धर्शनसमेत गर्ने गरेको भन्दै पछिल्लो समय ग्राहक उद्योगमै आएर लैजाने गरेको उनको भनाइ छ ।

एकमहिने तालिमले यहाँका महिलाको दैनिकी नै बदलिएको भन्दै पहिले घरको चुलोचौकामा सीमित हुने महिला अहिले उद्यमी बन्न थालेको घर्तीले बताइन् । गाउँपालिकाले उद्यमीका लागि निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ३१ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान