बहुउपयोगी तुलसी « Khabarhub

बहुउपयोगी तुलसी


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

घिउ कुमारी, बेसार, अदुवा, तुलसी, मरीच र अदुवा प्राचीन कालदेखि नै औषधिको रूपमा प्रयोग हुँदै आएको छ। पछिल्ला केही वर्षयता नेपालमा आयुर्वेदिक औषधी विज्ञान प्रतिको आकर्षण बढ्दो छ। यी मध्य तुलसीको प्रयोगको बारे यहाँ चर्चा गरिएको छ।

प्राचीन परम्परा अनुसार धार्मिक महत्वका रूपमा हेरिने तुलसीको पात श्वासप्रश्वास सम्बन्धी तथा फोक्सोको समस्या समाधानका लागि अत्यधिक लाभदायक मानिन्छ। औद्योगिक विकास क्रमसँगै यसको उपयोगको दायरा अझ बढ्न थालेको हो। लोसन, साबुन, अत्तर तथा स्याम्पुमा यसको व्यापक प्रयोग हुन थालेको छ। व्यापारिक रूपमा केही वर्षदेखि यसको उपयोग बढे पनि आम मानिसलाई यसको लाभको बारे धेरै ज्ञान नहुन पनि सक्छ।

यो जडीबुटीमा ए, सी र के भिटामिन पाइन्छ साथै क्याल्सियम, आइरन, म्याग्नेसियम र पोटासियम लगायतको पदार्थ पाइन्छ। फाइबरको मात्रा समेत धेरै भएको तुलसीमा प्रोटिन पनि प्रशस्त मात्रामा हुन्छ।

पछिल्लो समयमा गरिएको एक अध्ययन अनुसार धेरै आवाजका कारण हुने एलर्जी तथा थकानमा तुलसीले सबै भन्दा धेरै रिफ्रेस गराउँछ। धेरै जोडदार र सहन कठिन आवाज तथा औद्योगिक रसायनका कारण हुने एलर्जी घटाउन तुलसीले सबै भन्दा धेरै सहयोग गर्छ।

पछिल्लो समयमा गरिएको एक अध्ययन अनुसार धेरै आवाजका कारण हुने एलर्जी तथा थकानमा तुलसीले सबै भन्दा धेरै रिफ्रेस गराउँछ। धेरै जोडदार र सहन कठिन आवाज तथा औद्योगिक रसायनका कारण हुने एलर्जी घटाउन तुलसीले सबै भन्दा धेरै सहयोग गर्छ। रिस उठ्ने र तनावको महसुस बाट बचाउनका लागि त एक कप तुलसी चिया उपयुक्त मानिन्छ।

तुलसीले मूल रूपमा एन्टीबायटीकको काम पनि गर्छ। एन्टी भाइरल औषधी तथा एन्टी फङ्गल औषधीको रूपमा पनि तुलसी लाभदायक हुन्छ।

तुलसीले पाचन प्रणालीमा सुधार गरिने विश्वास समेत गरिएको छ। शरीरको बनावट राम्रो बनाउने तथा तौललाई नियन्त्रणमा राख्ने काम पनि तुलसीले गर्ने विश्वास गरिएको छ। तुलसीले युरिक एसिडलाई नियन्त्रण गर्ने तथा मिर्गौलामा पत्थरी हुन नदिने विश्वास गरिएको छ। तुलसीले मधुमेह नियन्त्रण गर्ने भएका कारण यसको उपयोगिता अझ बढेको हो।

तुलसीमा एन्टी माइक्रोबाइटीकल तत्त्व हुने गर्छ। यसले मुखमा आउने घाउलाई नियन्त्रणमा राख्छ। साथै यसले दाँत सफा राख्न पनि सहयोग गर्छ। यसमा रहेको भिटामिन र खनिजका कारण छाला चम्किलो बनाउनुका साथै अनुहारलाई सधैँ चमकदार बनाउन सहयोग गर्छ। जिङ्क र भिटामिन सी भएका कारण तुलसीले इम्युनिटीलाई सक्रिय बनाउँछ। जुन कारण मानिस धेरै रोगबाट बच्न सक्छ। यसमा रहेका पदार्थ र भिटामिनका कारण यो सेवन गर्ने मानिसमा शारिरिक तन्दुरुस्त सधैँ भइरहने छ। रगतलाई सफा बनाउन पनि तुलसीको प्रयोग उपयुक्त हुनसक्छ।

तुलसीले पाचन प्रणालीमा सुधार गरिने विश्वास समेत गरिएको छ। शरीरको बनावट राम्रो बनाउने तथा तौललाई नियन्त्रणमा राख्ने काम पनि तुलसीले गर्ने विश्वास छ।

किराको टोकाइको असरलाई पनि तुलसीले ठिक पार्ने विश्वास छ। किराले टोकेर डाबर बसेको स्थानमा तुलसी पातलाई निचोरेर लगाउनाले चलन छ। मुटुको चालमा समेत तुलसी उपयोगी मानिएको अध्ययनले देखाएको छ। ग्यास्ट्रिक समस्या तथा जोर्नीको समस्यामा पनि यो उपयोगी साबित भइसकेको छ।

तुलसी पाँच किसिमका हुन्छन्। श्याम तुलसी, विष्णु तुलसी, राम तुलसी, निम्बू तुलसी र भान तुलसी हुन्छन्। तुलसीको वैज्ञानिक नाम ओकीमम टेनी फ्लोरम हो। सन् २०१० मा यसको बारे एउटा अध्ययन भएको थियो। जनावरमा भएको सो अध्ययनले तुलसीले परिवार नियोजनलाई धेरै सहयोग गर्ने निष्कर्ष निकालेको थियो। तथापि मानिसको यसको परीक्षण भएको छैन।

तुलसीमा युइगेन हुन्छ। यसले टोक्सीनका कारण हुने खतराबाट कलेजोलाई जोगाउँछ। तर, यसै पदार्थका कारण धेरै तुलसी प्रयोग गरेमा कलेजोमा खतरा पनि हुनसक्छ।

तुलसीले ब्लड सुगरलाई नियन्त्रणमा राख्छ। तर तुलसी धेरै प्रयोग गरेमा सुगर कम भएर नै शरीरमा समस्या आउनसक्छ। तुलसी गर्भवती महिलाका लागि घातक पनि हुनसक्छ। गर्भवतीले त फाटफुट बाहेक यसको सेवन गर्नु हुँदैन। धेरै तुलसी सेवनले वाकवाकी लाग्ने समस्याको विकास पनि हुनसक्छ। तुलसीलाई यस कारण अलिकति मात्र नियमित प्रयोग गर्नु उपयुक्त हुन्छ। तुलसीमा पारो हुन्छ। तसर्थ यो चपाउँदा यसले दाँतको इनामेललाई नष्ट गर्दै चमक हराएर कालो देखिने पनि हुन्छ।

तुलसीले ब्लड सुगरलाई नियन्त्रणमा राख्छ। तर तुलसी धेरै प्रयोग गरेमा सुगर कम भएर नै शरीरमा समस्या आउनसक्छ। तुलसी गर्भवती महिलाका लागि घातक पनि हुनसक्छ।

यस कारण तुलसी स्वास्थ्यको लागि लाभदायक हो। परन्तु यसको उपयोगको मात्रा भने जान्न जरुरी हुन्छ। यसको सेवन चियाको रूपमा हुने गरेको छ भने यदाकदा घ्यु या महमा मिसाएर पनि उपयोग गर्ने चलन छ। जुस बनाएर या पानीमा मिसाएर पनि तुलसीको प्रयोग हुने गरेको छ।

तुलसीका बारे केही साइड इफेक्ट मानिसमा भन्दा पनि अन्य जनावरमा धेरै प्रयोग भएका हुन्। यस कारण धेरै प्रयोगका कारण आत्तिनु पर्ने कुनै कारण भने छैन। पहिलो प्रयोगमा वाकवाकी लाग्ने भएका कारण यो विस्तारै प्रयोग गर्दा ठिक हुन्छ। एकै पटक धेरै प्रयोग ठिक हुँदैन। यसको प्रयोग गर्ने समयमा आयुर्वेदिक चिकित्सकसँगको परामर्श अनुसार यो धेरै नै लाभदायक हुनसक्छ।

अन्य प्रयोग खासै नभए पनि औषधिको रूपमा अत्यधिक लाभ दायक जडीबुटीमा अश्वगन्धा पनि रहेको छ। क्यामोमाइल, बालकुमारी, जिन्सेङ, पारिजातको फूल, जिबरे घाँस स्वास्थ्य लागि लाभ दायक वस्तु मानिन्छ। आयुर्वेदले उपयुक्त ठहर गरेका यी सबै पदार्थलाई आधुनिक विज्ञानले पनि उपयुक्त पुष्टि गरिसकेको छ। यसको थप अध्ययन अझै जारी छ। औषधी विज्ञानमा आयुर्वेदको उपयोग अझ व्यापक हुँदै जाने क्रममा सम्भवतः सबै भन्दा बढी प्रयोग गरिने मध्ये तुलसी नै बढी हुनसक्छ।

स्रोतः स्टार हेल्थ, केयर इन्सुरेन्स, भेरी वेल हेल्थ, पोलिसि हेल्थ

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : १४ बजे

लुटपाटमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ

‍‍‍ललितपुर– सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-२० कुहेनी

निर्जीवन बिमा : ९ महिनामा ३७ अर्बको व्यवसाय, शिखर सबैभन्दा अगाडि

काठमाडौं– निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना अर्थात्

बच्चालाई नागरिकता दिलाउन नर्कजस्तो देशबाट नौ महिने गर्भवती अमेरिका आउँछन् : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशबाट गर्भवती महिलाहरु बच्चा

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन