आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख । त्रयोदशी उपरान्त चतुदर्शी तिथि । विश्व अपाङ्ग दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । तर्क गर्दा घाटा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ । परिवारमा विश्वास घात हुने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ । तर रोग बढ्ने जोखिम छ । बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ ।

मिथुन : अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । साथीलाई गोप्य कुरा सुनाएमा तपाईंमाथि आक्रमण हुनेछ । धार्मिक कार्यक्रममा सहभागी भएमा मन शान्त हुनेछ । गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ ।

कर्कट : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन सामान्य छ । आफ्नै बोलीका कारण अप्ठेरोमा पर्ने दिन छ । दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन् । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ । स्वास्थ्यको पर्खाइमा भए लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ । परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

वृश्चिक : धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ । साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

धनु : सानो कुराले मन अशान्त बन्नेछ । एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ । कर्म गर्दा स्वास्थ्यले साथ दिनेछ । परिवारमा रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सञ्चित धन खर्च हुने जोखिम छ । साथीभाइको साथले सोचेको काम बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ । साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ ।

कुम्भ : शुभग्रहको बल बहुमतमा छ । मन शान्त बनाउन र व्यवहार सहज बनाउन बिहानै शिवको भजन सुन्दा राम्रो हुनेछ । अरुको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३६ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका