राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

By खबरहब

March 12, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।