गठबन्धनले माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने « Khabarhub

गठबन्धनले माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि समेटेर संयुक्त वक्तव्य निकाल्ने भएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन र राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनका उम्मेदवार नारायण दाहाललाई मत हाल्नका लागि लिखित सहमति खोजेपछि संयुक्त वक्तव्य निकाल्ने तयारी भएको हो ।

यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अध्यक्ष नेपालका कुराको सुनुवाइ गर्ने निर्णय गरेको थियो । गठबन्धनमा नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने लिखित प्रतिबद्धता समेत मागेका छन् । यसको पनि छलफल भएको छ ।

आफ्ना मागको सुनुवाइ हुने प्रतिवद्धतापछि एकीकृत समाजवादी माओवादी केन्द्रका राष्ट्रियसभा अध्यक्ष दाहाललाई सघाउन तयार भएको छ भने प्रधानमन्त्रीलाई पनि विश्वासको मत दिने निर्णय भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

पाँच दलीय गठबन्धनको सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री छन् ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : १२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले