पाकिस्तानमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते « Khabarhub

पाकिस्तानमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु  भएको छ  भने २ जना गम्भीर घाइते भएका छन् ।

उक्त तीनतले भवन मंगलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले बताए ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उल्लाहले जानकारी दिएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।  

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ०६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले