राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित « Khabarhub

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्। 

राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको थियाे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका हुन्।

को हुन् दाहाल ?

नारायण दाहाल प्रधानमन्त्री प्रचण्डका १३ दिने दाजुभाइभित्र पर्छन् । प्रचण्ड र नारायणका हजुरबुबाहरु दाजुभाइ हुन् । दुबैको घर चितवनको शिवनगर हो ।

नारायण दाहाल नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । प्रचण्डले अरु काबिल नेताहरुलाई पछि पार्दै उनलाई राष्ट्रियसभा सदस्य बनाए र अहिले अध्यक्ष बनाएका हुन् । संविधान जारी भएपछि ०६४ को चुनाव जितेर उनी तल्कालीन चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य बने । ०७० को चुनावमा भने उनी पराजित भए ।

६७ वर्षीय दाहालका १ छोरी र २ छोरा छन् ।

सङ्कटकालका बेला भारतका साथै जाजरकोट र सुर्खेत बसेर दाहालले काम गरेको माओवादी नेताहरु बताउँछन् । शान्ति प्रक्रियापछि दाहाल केही समय कास्कीको पार्टी इञ्चार्ज बनेका थिए ।

याे पनि..

‘प्रचण्डको भाइ’ भन्दा पीडा हुन्छ : नारायण दाहाल

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल

राष्ट्रियसभा अध्यक्ष : प्रचण्डको रोजाइ नारायण दाहाल, के गर्लान् सिटौला ?

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ३० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री