पाथीभरामा केबलकार नबनाउन रवि लामिछानेको ध्यानाकर्षण « Khabarhub

पाथीभरामा केबलकार नबनाउन रवि लामिछानेको ध्यानाकर्षण

व्यक्तिका लागि प्रहरी परिचालित हुँदैन : गृहमन्त्री


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रवि लामिछानेले देशको प्रहरी संयन्त्र कुनै एक जना व्यापारी वा व्यक्तिको पक्षमा परिचालित नहुने बताएका छन् ।

ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार परियोजनाको विरोध हुन थालेपछि सरकारले पाथीभराको फेदीमा सशस्त्र प्रहरीको क्याम्प राख्न लागेको छ । केबलकार बनाउने तयारीमा लागेका व्यवसायी चन्द्र ढकालको स्वार्थ पूरा गर्नका लागि त्यहाँ सशस्त्र क्याम्प राख्न लागिएको भन्दै स्थानीयबासी एवं पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् ।

यसै सन्दर्भमा मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पहिचान पक्षधरहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई भेटेर पाथीभरामा केबलकार नबनाउन र सशस्त्र क्याम्प नराख्न भनेका छन् ।

याे पनि-
कङ्क्रिटले भत्काउँदै मुन्धुमी आस्था

पहिचान पक्षधरहरुले चन्द्र ढकालका लागि सशस्त्र प्रहरी परिचालन हुन लागेको र त्यहाँ क्याम्प राखिएमा द्वन्द्व हुनसक्ने गृहमन्त्री लामिछानेलाई चेतावनी दिएका छन् ।

जवाफमा गृहमन्त्री लामिछानेले आफू मातहतको नेपाल प्रहरी र सशस्त्र प्रहरी कुनै व्यक्तिको पक्षमा परिचालित नहुने र आम जनताको पक्षमा मात्र परिचालित हुने बताएको भेटमा सहभागी नेता खगेन्द्र माखिमले खबरहबलाई बताए ।

माखिमले भने, ‘हामीले चन्द्र ढकालको पक्षमा सशस्त्र प्रहरी परिचालन भएमा द्वन्द्व हुन्छ भन्यौं, गृहमन्त्रीज्यूले कुनै व्यक्तिको पक्षमा प्रहरी परिचालन नहुने बताउनुभयो ।’
गृहमन्त्रीलाई भेट्न पुगेको टोलीमा पहिचान पक्षधर नेताहरुको सहभागिता थियो ।

कोशी प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधर नेताहरुले लामिछानेलाई आफ्नो ३ बुँदे माग प्रस्तुत गरेका छन् । उनीहरुले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको योजना अघि नबढाउन माग गरेका छन् ।

पाथीभराको फेदीमा सरकारले सशस्त्र प्रहरीको क्याम्प राख्न लागेकोमा समेत पहिचानवादीले विरोध जनाएका छन् ।

गृहमन्त्री लामिछानेसँगको भेटमा आफूहरुले पाथीभराको नाम फेरेर मुक्कुमलुङ राखिनुपर्ने, लिम्बु संस्कृति र मुन्धुममाथिको अतिक्रमण रोकिनुपर्ने भेटमा बताएका थिए ।

गृहमन्त्री लामिछानेले आफूले भर्खरै ताप्लेजुङको भ्रमण गरेको फर्केको र त्यहाँको अवस्थाबारे जानकार रहेको भेटमा बताएका थिए । उनले सरकार भनेको निरन्तरतामा चल्ने बताउँदै त्यहाँ यसअघि सरकारले गरेको निर्णय के कस्तो अवस्थामा छ भन्नेबारे बुझ्ने आवश्वासन दिएको माखिमले खबरहबलाई बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : ३३ बजे

पशुपति क्षेत्रमा एक पुरुष मृत फेला

काठमाडौं – काठमाडौं महानगरपालिका–८ स्थित पशुपति बस्तलेश्वर मन्दिर नजिकको सरस्वती

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभा प्रस्थान

तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा