लागूऔषध गाँजासहित २ जना पक्राउ « Khabarhub

लागूऔषध गाँजासहित २ जना पक्राउ


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर–  हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडि डिक्कि र सिटको भागमा फल्स बटम बनाई लुकाई राखेको उक्त परिमाणको गाँजा सहित फेला पारी  पक्राउ गरेको हो ।

उता पर्साको वीरगंज महानगरपालिका-९ स्थित बस स्टेसनबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो ५ ग्रामसहित सखुवा प्रसौनी गाउँपालिका-८ जमुनिय बस्ने ५५ वर्षीय ध्रुव ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ५ : ४६ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।