लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : शेखर कोइराला


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताएका छन् । 

गुराँस पुस्तकालय बरगाछी विराटनगरको ५४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।

उनले राजनीतिमा  संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेको गुनासो गरे। 

कार्यक्रममा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरू गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिए ।

‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागाइँ’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । 

यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : १४ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा