म हिरोइन होइन कलाकार बन्न आएकी हुँ : नायिका वर्षा राउत | Khabarhub Khabarhub

म हिरोइन होइन कलाकार बन्न आएकी हुँ : नायिका वर्षा राउत


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सुपरहिट फिल्म ‘जात्रा’को तेस्रो शृंखला  ‘महाजात्रा’ चैत ९ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा फडिन्द्रको श्रीमती सम्पदा ‘सम्पु’को भूमिकामा देखिएकी अभिनेत्री वर्षा राउत चलचित्रको प्रचारमा व्यस्त छिन् ।

यसअघिका दुई श्रृंखला दर्शकबाट अत्याधिक रुचाइएको फिल्म सावित भएका थिए । जात्राको तीनै श्रृंखलामा वर्षाले निरन्तरता पाएकी छन् । 

 ‘महाजात्रा’मा फडिन्द्र-सम्पदाको परिवार विस्तार भएको टेलरले नै प्रष्ट पारेको छ । यस श्रृंखलामा परिवारको आकार बढेर आर्थिक अभावसँग जुध्ने सङ्घर्षशील गृहिणीको भूमिका निर्वाह गरेको वर्षा बताउँछिन् । 

फिल्ममा आफ्नो भूमिकाबारे उनी भन्छिन्, ‘परिवारमा छोरी थपिएसँगै सम्पदा अहिले अरुको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मेहनत गर्ने गृहणी बनेकी छ ।’

‘आर्ट’ फिल्ममा काम गर्ने रुचि भएकाले श्रृंखलामा गृहिणीकै भूमिकामा देखिन तयार भएको उनी बताउँछिन्  ।

उनी थप्छिन्, ‘म हिरोइन मै सीमित नभइ कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई आफूले निर्वाह गरेको भूमिका गर्न हुन्न की भन्ने नै लागेन ।’

यद्यपि आफूलाई हरेक फिल्ममा फरक शैलीमै प्रस्तुत गर्न केन्द्रित रहने उनी बताउँछिन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ७ : २० बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा