आकस्मिक हमलापछि रुसद्वारा कुर्स्क सहरका विद्यालय बन्द | Khabarhub Khabarhub

आकस्मिक हमलापछि रुसद्वारा कुर्स्क सहरका विद्यालय बन्द


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को – किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको छ ।

युक्रेनबाट आफ्नो क्षेत्रमा भएको हमलालाई रोक्न युद्धक विमान, रकेट र तोपखाना तैनाथ गरेको मस्कोको घोषणापछि साताको अन्त्यसम्म विद्यालय बन्द हुने समाचार आएको हो ।

“हालका घटनाका सम्बन्धमा मैले विद्यालयहरूलाई दूर शिक्षामा राख्ने निर्णय लिएको छु”, कुर्स्कका मेयर इगोर कुत्साकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले शुक्रबारसम्म विद्यालय बन्द रहने जानकारी दिए।

मस्कोले लडाइँ भएको भनेको कुर्स्क क्षेत्रको ट्योटकिनो गाउँलाई कब्जा गरेको किएभका एक समर्थक मिलिसियाले मङ्गलबार दाबी गरेका छन् । करिब चार लाख ४० हजार जनसङ्ख्या भएको सहर र यस क्षेत्रको राजधानी कुर्स्कबाट करिब एक सय ४० किलोमिटर टाढा अवस्थित ट्योटकिनो युक्रेनको सीमा नजिक छ ।

युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडले भोगेको जस्तो आक्रमणबाट कुर्स्क सहर अहिलेसम्म बचेको छ तर हालका दिनहरूमा यो सहरले ड्रोन हमलाहरूको सामना गर्नुपरेको छ ।

रुसी सेनाले मङ्गलबार एक घन्टाको फरकमा कुर्स्क क्षेत्रमा चार युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । सप्ताहन्तमा एक युक्रेनी ड्रोनले कुर्स्क सहरमा एउटा भवन क्षतिग्रस्त बनाएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ४६ बजे

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२

थप चार उद्योग निजीकरण गर्दै सरकार

काठमाडौँ – सरकारले लामो समयदेखि बन्द रहेका सरकारी उद्योगलाई नयाँ

अर्थमन्त्रीको जवाफ- लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार बजेट आएको हो

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म

सभामुखको भूमिकामा प्रश्न उठाउँदै कृष्णगोपालले रामहरिलाई भने- तपाईंसँग नैतिकता छैन, यो कुर्सी छोड्नुस्

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत निर्णयसहित