माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन « Khabarhub

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ ।  

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए । 

सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने उनले बताए ।

सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे । वर्तमान सरकार मुलुकको कलंकको रूपमा स्थापित भइरहेको उनको भनाइ छ । 

त्यस्तै उनले निजामती विधेयकका विषयमा सांसदहरूको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसद्को नेतृत्व तहले लिनुपर्ने बताए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ०९ बजे

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।