रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह « Khabarhub

रुसी सेनामा भर्ती भएकाहरुलाई स्वदेश फर्काउन पहल गरिदिन आग्रह


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार साँझ सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा उनीहरुले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन पहल गर्न आग्रह गरेका छन् । सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न आफन्तहरुको आग्रह छ ।

जवाफमा परराष्ट्र मन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताए । सरकारले उनीहरुलाई नेपाल फर्काउनका लागि प्रयास गरिहेको श्रेष्ठको भनाइ छ ।

भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै श्रेष्ठले स–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको बताए । रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दुतावासमार्फत आफूले पाएको उनले बताए ।

रुसी सेनामा कार्यरत नेपालीहरुसँग गरिएको सम्झौता रद्ध गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन रुस सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी