हात नभएको लिङ्गो ठड्याइयो « Khabarhub

हात नभएको लिङ्गो ठड्याइयो


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउन उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।

संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ३७ बजे

ठेक्का तोड्नमै चार महिना बिताएका कुलमानले दिएनन् निकासको बाटो

काठमाडौं- हिउँदयाम, विकासे कामका लागि उपयुक्त समय हो । हिउँदमा

प्रदेशमा विकास निर्माण तथा योजनाको कार्य ठेक्का प्रक्रियाबाट हुने : मुख्यमन्त्री यादव

जनकपुरधाम–  मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सुशासन कायम

पहिले केरायुद्ध, अहिले तेलयुद्ध !

काठमाडौं- ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको हस्तक्षेपकारी नीति नौलो विषय

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक