‘डिग्री माइला’ को भव्य प्रिमियरमा जे देखियो… « Khabarhub

‘डिग्री माइला’ को भव्य प्रिमियरमा जे देखियो…


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दायाहाङको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’को प्रिमियर भव्य रुपमा सम्पन्न भएको छ । ९ सय भन्दा बढीले प्रिमियर शो हेरेको निर्माण पक्षको दाबी छ । 

प्रिमियरपछि फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । विशेष गरी कलाकार बुद्धि तामाङको अभिनयले उत्कृष्ट प्रतिक्रिया पाएको छ । 

नायिका मिरुना मगरले भनिन्, ‘फिल्म राम्रो बनेको छ । सुरुमा हँसाए पनि अन्तिममा सोच्न वाध्य बनाउने कथा रहेछ ।’

फिल्ममा दयाहाङको भूमिका अपेक्षित रहेको धेरै कलाकारको प्रतिक्रिया छ । प्रिमियरमा नायक शिव श्रेष्ठ,  निर्देशक दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदीप भट्टराई, नायिका झरना थापा,  नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी, मुकुन भुसाल,  कलाकार निर्मल शर्मा, विल्सन विक्रम राई लगायत उपस्थित थिए । 

यो फिल्मले पहिलो दिन शुक्रबार राम्रो व्यापार गरेको छ । ‘किन चाउरियो मरीच आफ्नै रागले’ स्लोगनका साथ निर्माण गरिएको यस फिल्ममा दयाहाङले डिग्रीको घमण्ड देखाएको देख्न सकिन्छ । घमण्डले नै उनी संकटमा परेको विषयलाई निर्देशक तथा लेखक रामबाबु गुरुङले रोचक ढंगले चित्रण गरेका छन् । 

फिल्ममा दयाहाङसहित नायिका आँचल शर्मा, ऋचा शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल माओत्से गुरुङ, प्रकाश घिमिरे, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । 

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र शुस्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने कृश लामा हुन् ।

हेर्नुहोस् प्रिमियरका केही तस्बिरहरू

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १२ : ५३ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा