सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा वर्षकाे अन्तिम काराेबार दिन अर्थात शुक्रबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेकाे हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुन १ लाख ३६ हजार ६०० र तेजाबी सुन १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी तोलाको १७ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ०० बजे

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने