अवैध लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  झापा र काठमाडौंबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।  झापाकाे मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र  मेचिनगर नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् ।

लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रुपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।

त्यसतै, काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : २२ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो