बिषु मनाउन घर फर्कँदै नेपाली « Khabarhub

बिषु मनाउन घर फर्कँदै नेपाली


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

कैलाली– बिषु पर्व अर्थात् नयाँ साल मनाउन कैलालीको त्रिनगर भन्सार नाकाबाट एक सातामा चार हजारभन्दा बढी नेपाली घर फर्केका छन् । सुदूरपश्चिमवासीले मनाउँदै गरेको बिषु पर्व मनाउन रोजगारीका लागि भारत गएका चार हजार पाँच सय २८ जना नेपाली घर फर्केको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

हेल्प डेस्कका अनुसार उनीहरू भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्ली लगायतका विभिन्न सहरबाट फर्केका हुन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको देखिएको छ ।

भारतको सुरतमा रोजगार गर्दै आएका कैलालीको ओलानीका राम टमटाले बिषु पर्व अर्थात् नयाँ साल मनाउन घर फर्केको बताए । ‘बिषु मनाउन घरपरिवार प्रतीक्षामा गरिरहेका छन् । हिउँदेबाली पनि भित्र्याउनु पर्‍यो । त्यही भएर घर फर्किएँ’, उनले भने ।

खेतीपाती भित्र्याउने समय भएको र बिषु पर्व पनि आइरहेकाले आफू भारतको बैंङलोरबाट आएको डोटीको दीपायलका राम जोशीले बताए । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने यहाँको चलन छ । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला सहरमा जाने गर्दछन् ।

बिना भिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने गरेको कारणले पनि नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य स्थान छिमेकी राष्ट्र भारत बन्न पुगेको हो । बिषु पर्व अर्थात् नयाँ वर्षका दिन तीतेपातीले नुहाएर पूजाआजा गरी गतानि डुब्का, बटुक, माडालगायतका स्थानीय खानाका पकवान खाने प्रचलन रही आएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ४८ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली