रन्जिताले गरिन् सांसद घनश्याम चौधरीलाई निलम्बन « Khabarhub

रन्जिताले गरिन् सांसद घनश्याम चौधरीलाई निलम्बन


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् ।

अध्यक्ष  श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको भनिएको छ ।

पछिल्लो समय नाउपा पार्टीमा चरम विवाद छ । रन्जिता र पार्टी संरक्षक रेशमबीच विवाद हुँदा रन्जिताले रेशप पक्षका नेताहरू भटाभट पार्टी र सांसदबाट निकाली रहेकी छन् ।

नाउपाबाट ७ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा अब ५ सदस्य रन्जिता पक्षका नेताहरू मात्र छन् । उनले यसअगाडि प्रदेश संसदीय दलको नेताबाट चौधरीलाई  हटाएकी थिइन् ।

चौधरीलाई घनश्यामलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी दिएकी थिइन् ।

कैलाश अध्यक्ष श्रेष्ठनिकट नेता हुन् । तर घनश्याम चौधरीनिकट छन् । यति मात्र होइन मंगलबार पत्र पठाएर श्रेष्ठले नाउपा प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त गराएकी छन् । समानुपातिक सांसद गिरीलाई उनको पार्टीले फिर्ता बोलाएको पत्र पठाएपछि सभामुखले पदमुक्त गराएका थिए । उनी पनि रेशम निकट सांसद हुन् ।

याे पनि…

रेशम-रञ्जिता बेमेलको डढेलो : पार्टी खरानी हुने त्रास, हुलहुज्जतमा उत्रिए कार्यकर्ता

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  १ : ३२ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि