रावायण : एक्सन अवतारमा पल  | Khabarhub Khabarhub

रावायण : एक्सन अवतारमा पल 


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् ।

यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श्री श्रेष्ठको निर्देशनमा एक्सन सिकिरहेका छन् र अभ्यास गरिरहेका छन् ।

दुई वर्ष यता पल फिल्ममा देखिएका छैनन् । लामो समयको अन्तरामा पल आउँदै गर्दा अब भने दर्शकले उनको लभर ब्वाई भन्दा भिन्न छविमा देख्न पाउने भएका हुन् ।

पलको ‘रामायण’ भन्दा पहिला ‘पुजार सार्की’ फिल्म रिलिज हुने छ । त्यहाँ पनि पल लभर ब्वाई नबनेर भिन्नै चरित्रमा देखिँदै छन् । २०८१ भाद्र २१ गते तिजको दिन रिलिज मिति तोकिएको फिल्म ‘रावायण’ बैशाखबाट छायांकनमा जाँदै छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्मको मुख्य कलाकारहरुमा पलसंगै पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरूको अभिनय रहने छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, रामजी लामिछाने, बिक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्नको संगितको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : ४४ बजे

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर