राष्ट्रियसभामा सङ्कल्प प्रस्तावमाथि छलफल जारी « Khabarhub

राष्ट्रियसभामा सङ्कल्प प्रस्तावमाथि छलफल जारी


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत भएको छ । सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले उक्त सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

राष्ट्रियसभाको जारी बैठकमा सङ्कल्प प्रस्तावमाथि छलफल भइरहेको छ । सभापति पन्त प्रस्तावक रहेको उक्त सङ्कल्प प्रस्तावको समर्थकमा सांसदहरू कृष्णप्रसाद पौडेल, जितजङ्ग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गाकुमारी गुरुङ, सोनाम ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह (गरिमा), भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाय, आनन्दप्रसाद ढुङ्गाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

छलफलमा भाग लिँदै सांसदहरूले उक्त सङ्कल्प प्रस्तावको समर्थनसहित जनताको बाँच्न पाउने अधिकार संविधानको मौलिक हक अन्तर्गत रहेकाले यसको सुनिश्चितताका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न माग गरेका थिए ।

नागरिकको उपचार हुन नसकेर अकालमा मृत्यु भइरहेकाले प्रारम्भिक रूपमा रोग पहिचान गर्न, स्वास्थ्य  उपकरण सेवा निःशुल्क गर्न, परीक्षण र उपचार अवधिभर आवश्यक आर्थिक सहयोगसहित निःशुल्क उपचारको सुनिश्चितता गरी नागरिकको बाँच्न पाउने हकको सुनिश्चितताका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन जरुरी देखिएकोले सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।

‘पैसा, पहुँच तथा गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकालमा मृत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व कर्तव्य र जिम्मेवारी हुनेछ । लोकतान्त्रिक र लोक कल्याणकारी राज्यमा कुनै पनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन । नेपालको संविधान र मानवअधिकारको विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच पाउने हक, अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवा र सर्वसुलभ उपचारमा पहुँच स्थापित गर्दै कुनै पनि उपचारको सुनिश्चितता गरिनेछ’, सङ्कल्प प्रस्तावमा भनिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  २ : ५६ बजे

वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका

राष्ट्रियसभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत– समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको