राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय  « Khabarhub

राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय 


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी नेकपा एमालेको कोटाबाट सिफारिस भएकी हुन् ।

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो आफू भन्दा’  गीतको गायिका उनी नाताले ओलीकी ‘साली’ हुन् ।

उनी पूर्व सांसद अजयक्रान्ति शाक्यकि पत्नी पनि हुन् ।

इजरायलका लागि नेपाली राजदूत शाक्य पाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत हुन् । उनले ओलीको बलमा विभिन्न पदहरू खाइरहेकी छन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ३ : २५ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि