एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा « Khabarhub

एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

बारा– तीव्र हावाका कारण बिहीबार स्थगित भएको जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।

शुक्रबार बिहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले बिहीबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरी शुक्रबार बिहान बाँकी खेल गर्ने निर्णय लिएका थिए ।

५८ औँ मिनटबाट पुनः सुचारु भएको खेलको ७३ औँ मिनटमा एपिएफका बुद्धिमान राईले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए ।

अनिश महर्जको कटब्याकमा बुद्धिमान राईले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफले अग्रता दोब्बर बनायो । एपिएफका अनिश महर्जनको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो ।

एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलीस क्लबसंग शनिबार हुने सेमीफाइनल खेल्नेछ ।

शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबका बिचमा पहिलो सेमीफाइनल खेल हुँदैछ ।

खेलको म्यान अफ दि म्याच एपिएफका बुद्धिमान राई घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफि प्राप्त गरे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ४२ बजे

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को