छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध « Khabarhub

छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका हुन् ।

भारतले मालदिभ्सलाई अत्यावश्यक सामग्री प्रदान गरेको भन्दै त्यहाँका विदेशमन्त्री मुसा जमिरले भारतलाई धन्यवाद दिएसँगै जयशंकरले यस्तो टिप्पणी गरेका हुन् ।

मालदिभ्समा रहेको भारतीय उच्चायोगले पनि मालदिभ्सलाई अत्यावश्यक सामग्री सहयोग गर्न भारत सदैव तत्पर रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय भारत र मालदिभ्सबीच कूटनीतिक सम्बन्ध चिसिएका बेला जयशंकरको यस्तो भनाइ आएको हो । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो मुलुकमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल देश छाड्न निर्देशन दिएसँगै दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ९ : २५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको