काठमाडौं– नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् । साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकका अनुसार कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरू नचाहिने र मोबाइल बैंकिङ एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने ब्यहोरा बैङ्कले सार्वजनिक गरेको छ ।
कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाईहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया