आजका समाचार : लुम्बिनीमा मुख्यमन्त्रीकाे विश्वासको मतदेखि घनश्याम चौधरी निलम्बनसम्म   | Khabarhub Khabarhub

आजका समाचार : लुम्बिनीमा मुख्यमन्त्रीकाे विश्वासको मतदेखि घनश्याम चौधरी निलम्बनसम्म  


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा  लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले पाए विश्वासको मत,राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय, रन्जिताले गरिन् सांसद घनश्याम चौधरीलाई निलम्बन, सत्यनिरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन, त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त, ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने, कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रण, एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए । 

लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुरले पाए विश्वासको मत

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा महराले ४८ सांसदको मत पाएका हुन् ।

राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय

राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।

रन्जिताले गरिन् सांसद घनश्याम चौधरीलाई निलम्बन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले निलम्बित गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराएकी हुन् ।

सत्यनिरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न समिति गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको हो ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

परिणाममुखी बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताएका हुन् ।

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ सङ्कल्प प्रस्ताव स्वीकृत

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रियसभाको शुक्रवार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो। संकल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रस्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए। त्यसै गरी उनले सरकारले सो प्रस्ताव कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए ।

त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्राडा खड्क केसी नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा केसीसँगै रजिष्ट्रारमा प्राडा केदार रिजाललाई नियुक्त गरेका हुन् ।

उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो । उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

संसदीय छानबिन समिति बनाउन नेता सिंहको आग्रह

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उनले बताए ।

ग्रामीण विकास बैंक चितवनका फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

ठमेल र दरबारमार्गमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्नका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४सैँ घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन् ।

कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रण

राजधानीको कलंकीस्थित भाटभटेनीमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा विवाद

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको विषयमा विवाद उत्पन्न भएको छ ।

हिँडेर आफैँ अस्पताल पुगेकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश लोकसेवा आयोगद्वारा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुला

लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ ।

आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो । सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ ।

अन्तर्राष्ट्रिय…

प्रवासी बोकेको डुंगा चट्टानमा ठोक्किँदा तीन बालिकाको मृत्यु

पूर्वी ग्रिसको चिओस टापुमा उद्धारकर्ताहरूले प्रवासीहरू बोकेको डुङ्गा चट्टानमा ठोक्किँदा मृत्यु भएका तीन बालिकाको शव फेला पारेका छन् ।

टर्किएबाट करिब २० किलोमिटर टाढा टापुको उत्तरपूर्वमा तटीय गार्डले अन्य आठ बालबालिका सहित १४ जनालाई उद्धार गरेको थियो। दुई पुरुषको शव पनि किनारामा फेला परेका थिए।

गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा

इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ।

एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भएको थियो ।

रुसमा विश्वभरकै बढी साइबर अपराध

रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ ।

विज्ञहरूले सार्वजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ ।

खेलकुद…

एसीसी प्रिमियर कप: नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित

एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ बलमा तीन चौकासहित २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए ।

एपिएफको जितसँगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण पुरा

तीव्र हावाका कारण बिहीबार स्थगित भएको जगदम्बा स्टिल १४ औँ जीतपुरसिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ ।

शुक्रबार बिहान सिमरा रंगशालामा एपिएफ र फ्रेण्डस क्लब बिच निर्धारित समयको बाँकी ३२ मिनटको खेल भएको थियो । खेल चलिरहेका बेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले बिहीबार साँझ ५८ मिनटपछिको खेल स्थगित गरी शुक्रबार बिहान बाँकी खेल गर्ने निर्णय लिएका थिए ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ७ : ५२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार