सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल « Khabarhub

सभामुख अर्यालले गरे दलका नेतासँग छुट्टाछुट्टै छलफल


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने उद्देश्यसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सभामुख अर्यालले नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै भेट गरी समसामयिक संसदीय विषयमा छलफल गरेका हुन्।

सभामुखको सचिवालयका अनुसार भेटका क्रममा प्रतिनिधिसभाको कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, संसद्को कार्यलाई सहमतिका आधारमा अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

यसैबीच, सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन्। उक्त छलफलमा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र सहज बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

सभामुखले संसद्लाई जनअपेक्षाअनुसार प्रभावकारी बनाउन सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखेको बताइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ५६ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो