बिन्ध्याबासिनीले जित्यो सशस्त्र प्रहरी महानिरीक्षक कपको उपाधि « Khabarhub

बिन्ध्याबासिनीले जित्यो सशस्त्र प्रहरी महानिरीक्षक कपको उपाधि


३० चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २१ पदकसहित बिन्ध्यावासिनी बाहिनी प्रथम भएको हो ।

नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ७ स्वर्ण, ७ रजत र ३ कास्य गरी कुुल १७ पदक र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं ४ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल १३ पदकसहित क्रमशः द्धितिय र तृतिय भएका छन् । समापन समारोहमा भएको फुटबल खेलमा नं १ बराह बाहिनी मुख्यालय सुनसरीले नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई २–१ गोलको अन्तरले पराजित गरी प्रथम भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार प्रतियोगिता समापन गर्नुका साथै उत्कृष्ट खेलाडी तथा बिजयी टिमलाई ट्रफी, मेडल र पुरस्कार समेत प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक काम, कर्तव्यको साथसाथै नेपाली खेलकुदको विकास, विस्तार र प्रवद्धनको क्षेत्रमा आफुलाई क्रियाशिल गराउँदै आएको बताउदै खेलकुदमा हुने स्वच्छ प्रतिस्पर्धाबाट खेलाडीहरुमा अनुशासन, कर्तव्य परायणता एवं सामुहिक भावनाको समेत बिकास हुने उल्लेख गरे ।

उनले यस्ता प्रतियोगिताले संगठनमा आपसी सहयोग, भाईचारा र बन्धुत्वको भावना बिकास हुनुको साथै खेलकुद र फौजी जीवनको अन्योन्याश्रीत सम्बन्धले सशस्त्र प्रहरी बलको कार्यक्षेत्रमा क्षमता र शारिरीक स्फुर्ती कायम राखी प्रभावकारी कार्यसम्पादन गर्न सहयोगी भूमिका खेल्ने बताए ।

सशस्त्र प्रहरी बल नेपालले खेलकुदलाई आफ्नो स्थापना कालदेखि नै महत्वका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा उत्साहजनक सहभागिता जनाउँदै आएको उल्लेख गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनमा लुकेर रहेका प्रतिभावान खेलाडीहरुको उत्पादन र बृत्तिबिकासमा निरन्तर लागि रहने बताए ।

नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत २५ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरु समावेश थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न खेलकुद संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने